घर किन्ने सोचमा हुनुहुन्छ ? अब बैंकबाट पाइने भयो ७० प्रतिशतसम्म ऋण

काठमाडौं, १६ कात्तिक । घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईंलाई राम्रो अवसर छ । अब बैंक तथा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म ऋण दिनेछन् । सर्वसाधारणलाई घर किन्न सजिलो होस भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि धितोको मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण दिन पाउने प्रावधान थियो । यो व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाले बढिमा १ करोड ५० लाख रुपैयाँ सम्मको घर (आवास) खरिद गर्नुपर्ने छ ।

राष्ट्र बैंकले रियल स्टेट कर्जामा कर्जामा कडाई गरेपछि घरजग्गाको खरिदविक्रीमा कमी आएको छ ।

सो व्यवस्था मध्यनजर गर्दै राष्ट्र बैंकले शुक्रबार एकिकृत निर्देशिका परिमार्जन गरी आवास खरिदमा बैंक तथा वित्तीय संस्थाले बढीमा ७० प्रतिशतसम्म ऋण दिन पाउने बाटो खुला गरेको हो ।

ऋण प्राप्त गर्न ग्राहकले तोकिएको मापदण्ड भने पूरा गर्नु पर्नेछ । प्रमुख मापदण्ड यसप्रकार छन् ।

– खरिद गर्ने घर आवासीय हुनुपर्नेछ ।

– ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर÷ अपार्टमेन्ट हुनुपर्ने ।

– कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर\अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने ।

– यस सुबिधा अन्तरगत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने ।

– कर्जाको व्याजदर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here