काठमाडौं । राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । दल दर्ताका लागि आयोग पुगेको हो। पार्टीको अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् । पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।
पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । त्यसैगरी युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।
पार्टीको संघीय कार्यालय अनामनगर काठमाडौंमा रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् । उपाध्यक्षमा मुना विक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ छन् ।






















