वाह! राजधानी नजिकै जीपलाइनको मज्जा (फोटो फिचर)

काठमाडौं, ४ चैत । सााहसिक पर्यटकीय गतिविधि मन पराउनेहरुका लागि राजधानी नजिकै जिपलाईन शुरु भएको छ । फलामको लठ्ठा (डोरी)मा ‘हार्नेस (जीपलाइन गियर) लगाई झुण्डिएर गरिने शाहसिक खेललाई जिपलाईन भनिन्छ ।

काभ्रेको धुलिखेल नगरपालिकास्थित थाक्लेबाट पाँचखाल नगरपालिकाको खावा जोड्ने गरी जिपलाईन सेवा शुरु भएको हो । सिन्धुपाल्चोकका ३५ वर्षीय केदार थापा र काठमाडौंका २७ वर्षिय भुपेश श्रेष्ठको लगानीमा जिपलाईन शुरु भएको हो ।

परीक्षण यात्रा शुरु गरिसकेको जिपलाईनले दैनिक ६० जनासम्मले सेवा दिन सक्ने बताइएको छ । यो नयाँ साहसिक पर्यटकीय व्यवसायमा अहिलेसम्म करीव ४ करोड रुपैयाँ लगानी भइसकेको छ । काठमाडौं, कोटेश्वरबाट अरनिको राजमार्गमा ३३ किलोमिटर दूरी पार गरिसकेपछि माथिल्लो स्टेशन राखिएको स्थानमा पुगिन्छ । जहाँबाट जिपलाईनको यात्रा प्रारम्भ हुन्छ । करीब ८० सेकेण्ड हावाको वेगलाई चूनौति दिँदै खावा स्टेशनसम्म पुग्न सकिन्छ ।

यो जिपलाईन ११ सय मिटर लामो छ । धुलिखेलमा समुन्द्री सतहबाट १३ सय मिटर उचाईमा टप स्टेशन राखिएको छ । बटम स्टेशनसम्म पुग्दा दुरी १ सय मिटर कम हुन्छ । कम तौल तथा विपरित दिशाबाट बहने हावाका कारण कोही सिधै बटम स्टेशन पुगेनन् भने बटम स्टेशनमा रहेका प्राविधिकले डोरीको सहायतामा खेलाडीलाई अवतरण गराउँछन् ।

जिपलाईन यूरोपेली तथा अमेरिकी सुरक्षा मापदण्ड पुरा गरिएको तथा अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ । धुलिखेल जिपलाईनले सुपरम्यान, कपलशैली र क्लासिक गरी तीन शैलीमा जिपलाईन गर्न सकिने सुविधा दिएको छ ।

जिपलाईन १३ वर्षभन्दा माथिको उमेरका व्यक्तिले मात्र गर्न पाउनेछन् । बालबालिकाका लागि भने यहाँ छुट्टै पार्क निर्माण भइरहेको छ ।

मूल्य सूची

राष्ट्रियता      क्लासिक     सुपरम्यान     कपल 

नेपाली         रु. २५००    रु. ३५००      रु. ४५००

सार्क          ३० डलर      ४० डलर      ५० डलर

अन्य मुलुक   ३५ डलर      ४५ डलर      ६० डलर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here