काठमाडौं ल्याइयाे विपिन जोशीको शव

काठमाडौं । विपिन जोशीको शव साेमबार काठमाडौं ल्याइएको छ । इजरायलमा मारिएका विपिनकाे शव सोमबार केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने र अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here