काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा भने हल्का बर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।






















