विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिंदै

४ कात्तिक, काठमाडौं । विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको शव यात्रा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि सुरू हुनेछ ।

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने बताइएकाे छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका हुन्।

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको शव धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेका छन् ।

राजदूतसहितको इजरायली प्रतिनिधिले विपिन जोशीको घरमा पुगेर परिवारलाई बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here