चितवनमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु

काठमाडौं । चितवनमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका-२ जनजोन टोलस्थित भित्रि सडकमा राति साढे १२ बजे बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२/२३ वर्ष देखि युवाको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here