काठमाडौं । दिपावलिमा रमाइलोका लागि पटका पड्किदा घरमा पालेकाे कुकुर तथा अन्य जनावर डराएको देख्नुभएको हाेला। पटकाकाे आवाज र झिलिमिलि उज्यालोले घरपालुवा जनावर, चराचुरुंगी र अन्य वन्यजन्तुहरू त्रसित हुन्छन् ।
खासरगरी कुकुरको कान संवेदनशील हुने भएकोले ठूलो आवाज सहन सक्दैन । ठुलाे आवाजले उनीहरू त्रसित हुने हुन्छन्। पटका पड्काउदा लुक्ने प्रयास गर्छन् । पटकाले जनावर तथा चराचुरुङ्गीकाे पनि आयु र प्रजनन क्षमतामा असर गर्छ ।




















