नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई गएराति र बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ ।

सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यहार गर्नेको पहिचान गर्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here