७ कात्तिक, काठमाडौंं । भारतको हैदरावादबाट बैंलौर जाँदै गरेको यात्रुबाहक बसमा आगोलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस घटनामा कम्तिमा १० जना यात्रुको ज्यान गएको छ । बसमा ४२ यात्रु सवार थिए ।
घटना आज कर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँको नजिकै भएको सञ्चारमाध्यमले जनाएका छन् । बस जलेर खरानी बनेको छ । मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । प्रारम्भीक खबर अनुसार बसमा आगो लाग्नु अगाडी बाइकसँग ठक्कर खाएको थियो । बाइक बसको मुनी छिरेको थियो ।
जसले इन्धन ट्याङ्कमा ठक्कर दिँदा तेल चुहिएको आशंका गरिएको छ । स्थानीय प्रशासनबाट यसबारे पुष्टी हुन बाँकी रहेको बताइएको छ । मूख्यमन्त्री चन्दूबाबु नायडूले कर्नुल दुर्घटनाबारे एक्समा लेख्दै घटनाको पुष्टी गरेका छन् ।























