७ कात्तिक, काठमाडौं । नेपाली उद्यमीको एआई कम्पनी फ्यूज मेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापित गरेको ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको हाे।
एन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनी फ्यूज मेसिनले कृत्रिम बौद्धिकता (एआई) मा काम गर्द आएको छ। यससँगै फ्यूज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ ।
कम्पनीले यो सफलतालाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिसनको नयाँ अध्यायको सुरुवात भएको बताएको छ ।
सन् २०१३ मा स्थापित फ्यूज मेसिनले स्वास्थ्य सेवा, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रहरूमा सेवा दिँदै आएको छ । कम्पनीको उत्तरी अमेरिका, एशिया (नेपाल, डोमिनिक रिपब्लिक लगायत) र ल्याटिन अमेरिकामा कार्यालयहरू छ।






















