लियोनल मेसी र अर्जेन्टाइन फूटबल टीम भारत आउने कार्यक्रम रद्द

८ काठमाडौं, काठमाडौं । विश्व फूटबल स्टार लियोनल मेसीको भारत आउने कार्यक्रम रद्द भएको छ । अर्जेन्टाइन टोलीसँगै मेसी आगामी नोभेम्बर १७ मा भारत आउने कार्यक्रम तय भएको थियो ।

कोच्चीस्थित जवाहरलाल नेहरु स्टेडियममा उनी उपस्थित हुने कार्यक्रम थियो । यो कार्यक्रम अब फिफाको अनुमति पपछि मात्र तय हुने छ । यहाँ भारत र अर्जेण्टिनाबीच फ्रेण्डी म्याचको तयारी थियो ।

यो कार्यक्रमको ब्रोकस्टिङको जिम्मा पाएको कम्पनीले मेसी र उनको टीम भारत आउने कार्यक्रम रद्द भएको बताएको हो ।

कम्पनीका अनुसार यो भ्रमणका लागि फिफाबाट अनुमति आउन ढिला भएको हो । अब अर्जेन्टाइन फूटबल एशोसिएशनसँग छलफल गरी नयाँ मिति तय गरिने भएको छ । त्यो मिति कहिले तय हुने छ भन्ने चाँही अहिलेसम्म अनिश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here