इन्भेस्टमेन्ट,नबिल,जनता र सनराइज बैंकको नयाँ ब्याजदर, कुनको कति ?

काठमाडौं १७ कात्तिक । नेपाल इन्भेस्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले कात्तिक १६ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा को नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जस अनुसार बैंकले निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । नबिल, जनता र सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा तीन वटा बैंकका ब्याजदर समान रहेको छ । जसमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । त्यस्तै बचतमा भने बैंकको ब्याजदरमा भिन्नता छ ।

जनता बैंकले बचतमा ६.५० प्रतिशत, सनराइज बैंकले ६ र नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएका छन । हाल नबिल बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन । जसमा अधिकतम ५.७५ र न्यूनतम ३.७५ प्रतिशत ब्याज रहेको छ ।

त्यस्तै सनराइज बैंकको बचतमा अधिकतम ६ र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

यता जनता बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसको बचतमा ब्याज ६.५० प्रतिशत छ । नबिल बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।

त्यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here