शंकर पोखरेलले भने ‘माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइन’

८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षीय बनाइएको आरोप लगाएका छन् । उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले माइतीघर मण्डला सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् । राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप हाे ।

उनले लेखेका छन्’ बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here