चार जना मन्त्रीहरुको नाम टुंगो लाग्याे, आजै शपथकाे तयारी

९ कात्तिक, काठमाडौं । सरकारमा थप चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिवका साथै स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा काम गरेका छन्।

खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् ।

बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here