‘बेल्ट एण्ड रोड’ कार्यक्रमसँग जोडिएका छिमेकी मुलुकमा गर्‍यो चीनले १० अर्ब डलर लगानी

काठमाडौं १७ कात्तिक । ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका देशहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको छ ।

यो लगानी गएको वर्षको जनवरीदेखि अक्टोबरसम्म भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी हो ।

यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो ।

खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उक्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक आयोजनाका हकमा यस वर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका देशहरूमा लगानी गर्ने सम्झौता गरेका छन् ।

नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here