हिमाल आरोहणका क्रममा दुई बिदेशी नागरिकको मृत्यु

फाइलफोटो

काठमाडौं । अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ । उनि ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकोमा ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।

यसैगरी ८के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here