काठमाडौं । वर्षा र हिमपात भैरहेकोले म्याग्दी तर्फ अन्नपूर्ण आधार शिबिर पदयात्रामा पुर्ण रोक लगाईएको छ।
सो स्थानमा पुग्नु भएका पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन थकाली सहितको टोली अन्नपुर्ण गाऊँपालिका संग समन्वय गरि उक्त मार्गतर्फ जाँदै गरेकाेम्याग्दी प्रहरीले जानकारी दिएकाे छ।
आवश्यक सहयोग तथा सुचनाको लागि प्रहरी कन्ट्रोल १०० तथा नजिकको प्रहरी र अन्नपुर्ण गाऊंपालिका जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
जसअनुसार सहयाेगका लागि यहाँ नम्बर उपलब्ध गराइएकाे छ। अन्नपुर्ण गा पा अध्यक्ष: ९८५७६२७८२४
अन्नपुर्ण वडा नं. ४ अध्यक्ष: ९८६७६३९९५९
स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन: ९८५७६४०२४६




















