काठमाडौं । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् । त्यस्तै गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । गम्भीर घाइते सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।
























