मुस्ताङ भ्रमणमा रहेका आन्तरिक पर्यटककाे स्वास्थ्य परीक्षण

काठमाडौं । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ ।

बुधबार बिहानदेखि पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गरिएको हाे। साथै आवश्यक औषधि वितरण पनि गरिएको झ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ ।

हिमपात र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ ।

यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिषरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here