काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको हाे।
दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । त्यस्तै इन्डिगो एयरको जहाजलाई दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जानकारी दिएकाे छ । त्यसैगरी आज आन्तरिक उडान समेत प्रभावित भएको छ ।























