२६०० अंकमा पुग्याे सेयर बजार, कारोबारमा पनि वृद्धि

१३ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेकाे हाे। आज नेप्से २६००.३८ मा कायम भएको हो ।

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भएकाे ।

बिहीबार २१६ कम्पनीको मूल्य बढ्दा २८ को घटेकाे छ। त्यस्तै ५ कम्पनीको स्थिर रहेकाे। छ। हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो ।आज हिमालयन बैंकको संस्थापक सेयर १ अर्ब ६६ करोडको कारोबार भएकाले उल्लेख्य बढेको हो ।

आज बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढेका छन्।

गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी हाइड्रोपावरको ९.५४, गणपति लघुवित्तको ९.४६, पिपुल्स हाइड्रोपावरको ९.०८ प्रतिशत मूल्य बढ्यो ।

आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशत घटेकाे छ। त्यस्तै उपकार लघुवित्तको ३.९६ तथा हिमालयन पावर पार्टनरको ३.७५ प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here