‘माओवादी केन्द्रसँग पार्टी एकताकाे निर्णय आज नै हुनसक्ने’विरोध खतिवडा

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय आज नै हुनसक्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठक चलिरहँदा सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन्।

उनल भने ‘एमाले बाहेकका अरु पनि यसमा आउँछन् । एमालेभित्र पनि अहिले जुन अन्तसंघर्ष र द्वन्द्व चलिरहेको छ । त्यसभित्रका इमानदारहरू पनि आउने बाटो खुल्छ । ‘ खतिवडाले थपे सम्भवत: आज नै हामी एकताको निर्णय गर्छौं । सम्भवत: यही महिनाभित्र नै हामी राष्ट्रिय भेला गरेर एकताको घोषणा गर्छौं ।’

कम्युनिष्ट पार्टीमा यसअघि देखिएको रोग चिर्नेगरी यसपटक माओवादीसँग आफ्नो पार्टीको एकता हुन लागेको उनले बताएका छन् ।

‘वामपन्थीहरूको सुरुदेखिकै एक हुनुपर्छ भन्ने हो । विश्वकै कम्युनिस्ट एक हौं भन्ने हो । तर, व्यवहारमा जुटेको भन्दा फटेको इतिहास बढी आउँछ । र जोगीको कुटिजस्तो एउटा एउटा कुटिको मठाधीश भएर बस्ने रोग छ।’

एकता गर्दा भाँड्ने तत्वहरू आउने भन्दै त्यसबाट जोगिनुपर्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here