१५ कात्तिक, काठमाडौं । निरन्तर परेको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जसले गर्दा अहिले सडक एकतर्फी बनेको छ । सडकमा सवारीको चाप धेरै हुँदा सडकमा जाम समेत भएको छ । कार्यालयले अबस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
अत्यावश्यक अवस्थामा यी नम्बरमा सम्पर्क समेत गर्न सकिन्छ
जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व) ९८५७०४०९५५,
जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय प्रमुख ९८५७०८७२२२,
इलाका प्रहरी कार्यालय दुम्कीबास कार्यालय प्रमुख ९८५७०४०९२७
जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व) सुचना अधिकारी ९८५७०८७५५५





















