यो हो विश्वकै सबैभन्दा ठुलो आवाजमा कराउने चरा

काठमाडौं । अमेरिकी वैज्ञानिहरुले विश्वकै सबैभन्दा ठुलो आवाजमा कराउने चरा पत्ता लगाएका छन् ।

म्यासाच्यूसेट्स यूनिभरसिटीका अनुसन्धानकर्ताहरुका अनुसार ‘सेतो बेलबर्ड’ नामक चरा विश्वकै सबैभन्दा ठुलो आवाजमा कराउने चरा हो ।

उनीहरुका अनुसार सहवासको समयमा यस चराको आवाज सबैभन्दा ठुलो हुने गरेको छ ।

सेतो बेलबर्डको आवाज यो भन्दा पहिले सबैभन्दा ठुलो आवाज मानिने स्क्रीमींग फियाज नामक चराको भन्दा ३ गुणा ठुलोे छ ।

ब्राजीलको अमेजन जंगलमा पाईने यो चरा १२५ डेसिबल भन्दा ठुलो आवाजमा कराउन सक्ने वैज्ञानिकहरुले बताएका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here