१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से ३०.७५ अंकले बढेर २६७३१.१४ अंकमा पुगेको छ । आज व्यापार बहेक सबै समूहगत सूचक बढेका हन्।
आइतबार नेप्सेमा २ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेमा कारोबार भएका समूगत सूचकमध्ये बैंकिङ ४.०२, विकास बैंक ४९.६३, वित्त ११६.०८, होटल ७५.९४, जलविद्युत ३९.९५, लगानी ०.८४, जीवन बीमा ५५६.८६, उत्पादन मुलक ७०.३५, माइक्रोफाइनान्स ६७.८८, समुहिक लगानी कोष ०.०२, निर्जीवन बीमा १४५.७४ र अन्य समूह २९.१४ अंकले बढेका छन् । तर, व्यापार समूह भने ४२.५८ अंक घटेको छ ।
आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा ३ सय १९ कम्पनीको ६८ हजार एक सय १२ वटा कारोबारबाट ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरका २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आइतबार नेप्सेमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर र तेह्रथुम पावर गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो ।


























