१७ कात्तिक, काठमाडौं । सोमबार सेयर परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । आज नेप्से २६५० अंकमा पुगेर बजार बन्द भएको हाे।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।
७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रहेकाे नेप्सेले जनाएको छ । साेमबार बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशत घटेका छन्। त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढेका छन्।
दुई कम्पनी मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो ।
इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.९२ पिपुल्स हाइड्रोपावरको ४.६८ तथा उन्नति सहकार्य लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो ।






















