काठमाडौं । मंगलबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भएकाे हाे । मंगलबार ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घटेकाे छ भने ३ को स्थिर रहेकाे छ ।
आज सबै समूहका सूचक घटेका छन् । जसमध्ये फाइनान्स समुह सबैभन्दा धेरै २.२१ प्रतिशत घटेकाे छ। त्यस्तै बैंक ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटेका छन्।
आजबाट माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । एक्सल डेभलपमेन्ट बैंकको ७.०९, पन्चकन्या माइ हाइड्रोपावरको ५.३१ प्रतिशत घट्यो ।






















