सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)

काठमाडौं, १७ कात्तिक । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो।

बसमा ३४ जना यात्रु सवार थिए। सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले अनुसार बस सुनकोशीमा खसेको बसको चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here