एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा जेल चलान

१९ कात्तिक, काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएकोमा जेल चलान भएका हुन्।

उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here