जितबिहिन टुंगियो नेपालको त्रिदेशीय श्रृंखला

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय श्रृंखलामा नेपालकाे यात्रा टुंगिएको छ। बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँगको चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।

नेपालले २४० रनको लक्ष्य दिएकाेमा यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

यो श्रृंखलाको यसअघिका तीन खेलमा नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here