मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला

काठमाडौं, १७ कात्तिक । मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो। यसअघि काउन्सिलको अध्यक्षमा डा. धर्मकान्त बास्कोटा थिए।

गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो। काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ।

डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ ।

तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here