बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको कारोबार मुल्य

प्रतिकात्मक तस्विर

काठमाण्डौ। केही दिनदेखि घट्दै गएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा काराेबार भएको थियाे।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज तोलामा २० रुपैयाँले बढेर तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ९० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here