नेपाली कम्युनिस्ट पार्टीले पेस गर्याे दल दर्ताको निवेदन

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ। पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका १० दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।