२१ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न बन्द गरेको दावी गरेका छन्।
बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले यस्ताे बताएका हुन्। साे अविरमा उनले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताए।
आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी आफ्ना मित्र भएको पनि बताए ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन् उनदे भने उनी मेरा मित्र हुन्।
ट्रम्पले पत्रकार सम्मेलनमा भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको पुन: दाबी गरेको बीबीसीले जनाएको छ।‘भारत र पाकिस्तानबीच संघर्ष रोक्न हामीले ट्यारिफलाई हतियार बनायौं,’ उनले भने, ‘हामीले दबाब दिएर २४ घण्टाभित्रै संघर्ष समाप्त गरिदियौं।’



























