२२ कात्तिक, काठमाडौं । धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प बनेको छ । विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु आकासमा होल्ड गरिएको छ भने कोरियन एयरको जहाजलाई दिल्ली पठाइएको छ । सुर्खेतबाट आएको बुद्ध एयरको जहाजलाई पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । जनकपुरबाट आएको बुद्धको जहाजलाई जनकपुरमै डाइभर्ट गरिएको छ ।




















