गाेरखाकाे सिरानचाेक गाउँपालिकामा माइक्रोदुर्घटना ,१७ घाइते

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हाे। ।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here