काठमाडौं । आज काठमाडौं उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको हाे।
त्यस्तै जुम्लामा अहिले बिहानको न्यूनतम तापक्रम माइनस २.४ डिग्री सेल्सियस मापन भएको छ । आज जुम्लामा न्युनतम तापक्रम माइनस तीन डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान छ । यससँगै देशभर चिसो बढ्न थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा छ ।





















