३ दिनपछि ३.२१ अंक बढ्याे सेयर बजार, काराेबारमा भने कमि

काठमाडौ । मंगलबार नेप्से परिसूचक ३.२१ अंक बढेको हो ।

सो वृद्धिपछि २५६५ अंकमा नेप्से पुगेर बन्द भएको हाे। आज १४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । परिसूचक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भएकाे हाे।

आज बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढेका छन्।
यता अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटेका छन्।

मंगलबार चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here