२६ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ ताेकिएकाे छ ।
अघिल्लो दिन सुन ताेलाकाे २ लाख ४६ हजार ४ सय रुपैयाँमा काराेवार भएको थियो ।
आज चाँदिकाे भाउ भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ ।




















