नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल,यी ७ बुँदामा सहमती

काठमाडौं । भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गर्दे रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।

मातृभूमी जागरण अभियान चलाइरहेका उनको वरीयता छैटौं कायम रहने छ। सहमति पत्रमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र रावलले हस्ताक्षर गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालका बीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न संगठनात्मक एकीकरणमा सहमत भएका छौं,सहमतिपत्रमा उल्लेख छ।

यस्ता छन् सात बुँदे सहमति

१. नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने।

२।.समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने।

३. आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने।

४. नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा। भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।

५. पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने।

६. पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने।

७. पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here