सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो (अपडेट)

काठमाडौं, १७ कात्तिक । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

४६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको थियो ।

बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै रिफर गरिएको छ। घाइतेमध्ये अन्य छ जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here