२६ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।
आज कारोबार भने रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भएकाे छ ।
आज ४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रहेकाे छ। आज उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशत बढेकाे छ।
त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटेका छन् ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो ।
अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१, नेपाल माइक्रोइन्स्योरेन्सको ३.७५ प्रतिशत मूल्य बढेकाे छ।
दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घट्यो । माबिलुङ इनर्जीको ८.२१, मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशत मूल्य घटेकाे छ।

























