७ अंकले घट्यो नेप्से, साढे १७ करोडको कारोबार

काठमाडौं, १७ कात्तिक । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आइतवार नेप्से परिसूचक ६.८८ अंकले घटेर १ हजार १ सय ३९.२९ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गको कम्पनीको मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स १.६२ अंकले घटेर २ सय ५०.४६ अंकमा झरेको छ ।

आइतवार सामुहीक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक घट्यो । उत्पादन क्षेत्रको सूचक १.५४ प्रतिशतले घट्यो ।

त्यस्तै, अन्य समुहको ०.८१ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ०.७७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६१ कम्पनीको ७ लाख ८४ हजार ७ सय ४० कित्ता शेयर किनबेच हुँदा १७ करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै एनआइसी एसीया विकास कोषका शेयर धनीले कमाए । विकास कोषको शेयर मूल्य ४.५४ प्रतिशत बढ्यो । त्यस्तै बरुण जलविद्युतको ४.४० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा मेगा बैंकका शेयर धनी रहेका छन् । बैंकको शेयर मूल्य ५.४४ प्रतिशत घट्यो । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५.२६ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले १ करोड ५२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here