शिखर सुजको समर सेल, शोरुममा ७० प्रतिशतसम्म छुट

काठमाडौं, ४ फागुन । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका शोरुममा समर सेल शुरु गरेको छ । समर सेलका अवसरमा शिखरका ११ वटा शोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको न्युरोडस्थित मनकामना शोरुम, खिचापोखरी शोरुम, पाटन शु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर शु हाउस बौद्ध सोरुम ,त्रिवेणी शु हाउस, साझा भवन भोटाहिटी ,कोशेली शु हाउस भोटाहिटी, कीर्तिपुरस्थित कीर्तिपुर शु, हेटौंडा स्थित युनाइटेड शु हाउस, विराटनगरस्थित शिखर शोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर शुको शोरुम बाट ग्राहकले छुटमा जुत्ताचप्पल पाउने छन् ।

शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्ट्स र पार्टी शुज रु. १ हजार ५ सयमा आउने छ ।

्शिखरले समर सेलका अवसरमा ती शोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, तथा बुटलगायत उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here