२७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार सेयर बजार १.१३ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ ।
आज १२३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो ।
बिहिवार बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशत बढे ।
यता अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशत घटेका छन् ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेकका छन्। जसमा माबलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजना छन्।
त्यस्तै दरमखोला हाइड्रो इनर्जीको ६.८८, भूगोल इनर्जीको ४.९९ तथा दोल्ती पावरको ४.२० प्रतिशत मूल्य बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावरको ३.७०, बेस्ट फाइनान्सको ३.१८ तथा सुपर मादीको २.५० प्रतिशत मूल्य घट्यो ।


























