नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट

काठमाडौं । त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट भएको छ ।

पार्किङ वे व्यस्त भएपछि दुबईबाट आएको जहाज धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको बताइएको छ ।

व्यस्त समयमा पार्किङ वे उपलब्ध नभएको सूचना क्याप्टेनलाई दिइएको थियो । त्यसपछि जहाज दिल्ली डाइभर्ट गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here