८४ वर्षीय वृद्धले आफ्नो शरीरमा आगो लगाए

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन्।

शनिबार राति करिब ११ : ३० बजे वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएका हुन् । केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए। घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ।

डिल्लीरामको मृत्यु भइसकेको बताइएकाे छ। घटनाको थप अनुसन्धान भइरहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here