काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेकाे हाे। अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।
सुनकाे भाउ असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड थियाे।
आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ ।
























