पुलबाट खाेलामा माेटरसाइकल खस्दा दुईकाे मृत्यु

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दल खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान बाप्र०३–००५ प ७९८० नम्बरको मोटरसाइकल पुलबाट बुङ्दलखोलामा ५० फिट तल खस्दा दुई जनाकाे मृत्यु भएको हाे। दुर्घटनामा माेटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल पुर्याइएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here